|
|
|
 |
|
मुख्य पृष्ठ/Home |
|
|
|
|
|
|
|
|
|
|
|
मिति: भाद्र १२, २०६५ स्थान: एकान्त कुना समय: कलम र कापि हातमा पर्दा !
आज मालाई के भएको छ ! कस्तो कस्तो हुदै छ कता कता यो मन बहलाई रहे झै लागिहरेको छ, कतै यो मन हराए झै लागिरहेको छ, सपना हो कि विपना हो कस्तो कस्तो लागिरहेको छ । कतै यो संसारमा म एक्लै त हैन भन्ने जस्तो लागि रहेको छ । वातवारण सुनसान छ खाडिको एक कुनामा हजारौँ मानिसहरुको बिचमा पनि एक्लो नितान्त एक्लो भए जस्तो लगिरहेको छ । सुनसान वातवारण संगै यो मन पनि सुस्ताईरहेको छ आखिर किन के हुदैछ कस्तो कस्तो लग्दै छ, यो मन कतै हराए झै लागिरहेको छ, कसैको मायामा तड्पिए झै, कसैको याद अनि सम्झनाम ढुबे झै लागिरहेको छ, किन जिवनमा आज यति चिसोको अनुभुति भैरहेको छ, किन यति धेरै बर्षा भयो जहाँ पौडिन सकोरहेको छैन तैपनि किन मलाई ढुवुल्कि मार्न घचघचच्याई रहेको छ ? किन प्यास लगे झै भैरहेको छ, कति संगाल्न खोजेँ ति बर्षातहरुलाई तैपनि किन छछल्किएर पोखिरहेको छ कति पिउने प्रयास गरें ति झरिहरुलाई तैपनि किन सक्षम छैन पिउनालाई अनि फेरि किन प्यास लागे झै हुदैछ आज मलाई ?
बर्षात कहिल्यैं रोकिएला जस्तो लगेन अनि प्यास पनि कहिल्यैं मेतिएला जस्तो लगेन फेरि बर्षात र प्यासको दौडाईमा मलाई किन थकाईको अनुभुति भैरहेको छ, फेरि पनि मलाई यिनिहरुलाई किन पछ्याउन मन लागिरहेको छ ? यिनिहरुको द्वन्दमा किन मेरो मुटु चर्किरहेको छ ? मुटु छिया छिया भैरहेको छ कता कता कुना कुनामा दुखे झै लागिरहेको छ, खै कता कता चोट लागे झै दुखिरहेछ । कता कता बट पिडा पैदा भए झै लागिरहेछ, कता हो कता कसैको खोजिमा हिडिरहेछु तैपनि कतै पाईएला जस्तो लागिरहेको छैन, तैपनि खोज्न बाध्या छु, विवस छु, सोच्न बाध्या छु अनि विवसतामा बाँचिरहेको छु । किन मलाई प्यास लागिरहेको छ अनि किन दर्द आईरहेको छ ?
सोच्दा सोच्दा पागल भै दिएको छु, प्यासि दिल त थियो मेरो फेरि किन कस्ले पागल बानाई दिएको छ ? किन यस्तो हुन्छ मेरै जिवनमा, सोच्दा सोच्दा पागल भएको छु फेरि किन यहि पागल माथि नै उर्लिएको छ सबथोक ? जो म उसलाई चाहन्थे त्यो नै सबै भन्दा टाढा र जुन असंभ्भव छ जस्को मलाई केहि आशा छैन त्यो, त्यसको किन बोझ उठाईरहनु परेको छ ? किन आज चहानालाई हैन वाध्यातालाई औँल्याउनु परेको छ ?
हो जिवान बाध्यात हो भने किन आशाका कोपिलाहरु फुले त ? बाध्याता र परिस्थिति संग लड्दै थिएँ किन चहान बनि फुलि रहे त ? मलाई बाध्याता र चहाना बिचको अन्तर थाह् थिएन फेरि किन बाध्याता र चहानाको दर्शक बनाई पठायौ ? लाखौं थिए होला तर म उहि बैरागि, अन्जान, निर्दोष "एस" लाई नै यिनिहरुको दर्शक बनाई पठायौ तिमिले ? आथाहा मानव सागरमा एकोहोरिएर टोलिदै तिम्रै निर्देशनमा दर्शककै रुपमा आफ्ना निर्दोष नजरहरुलाई भुलाई रहेको थिएँ खेल मैदानमा हैन प्रेम र द्वन्दको युद्ध मैदानमा फेरि किन युद्ध लड्न बाध्या बनायौ मलाई ? भिड्दै थिएँ म प्रेम र द्वन्द संग फेरि किन मलाई एक्लो बनायौ ? हो मैले एक्लो बस्नु थियो त पहिला किन मलाई जोडिको अपूर्ण: सुख दियौ र आज फेरि किन एक्लिएर बस्न बाध्या बनायौ ?
एक्लै बासिरहेको छु पीर वेथामा बर्षातको झरि झै बार्षिएको तितो सत्यले भरिएको नुनिलो दुई थोपा आँसु पिउदै असफल मायाको प्यास मेटाउने आशाहरुमा । कता कता पतझडमा झरेको पात झै हावामा उडे झै लाग्छ यो मन, मनमस्तिकस् हरु त्यसै त्यसै सोच्न नसकिने गरि शिथिल भए जस्तै लाग्छ, कतै घना जंगलमा हराए झै लाग्छ, कतै पानी नै पानीले भरिएको समुन्द्र बिचमा खस्ना लागे झै यो मन त्यसै त्यसै डराईरहेको छ । डरले होला पसिना चिपचिप्ति चुईरहेको छ, जिऊ भरि आगो लागे झै भतभति पोलिरहेको छ, यो भित्रि मन जलेर खरानि भए झै लागिरहेको छ, नयनहरु वारिपारि बिजुलि जम्के झै चम्किरहेको छ, आँङ भरि बिजिलि करेन्ट लागे झै झिरिङ झिरिङ भैरहेको छ, हात गोडाहरु डरले होला व्यर्थै लकलक्ति काँपिरहेको छ किन मलाई यस्तो भान भैरहेको छ कसैले मेरो केहि खोसेर लगे जस्तै लागिरहेको छ ? किन आज माया प्रेम र जिन्दगिको अर्थ विनाको परिधिमा मेरो यो मन अल्झिरहेको छ ? किन माया प्रितमा यस्तै हुन्छ त ? यो संसारम जस्को कुनै सिमा छैन, नाप तौल अनि कुनै प्रमाणा छैन फेरि पनि किन माया र जिवानको यति गाढा सम्बन्ध छ त ? र यि दुई को द्वन्दमा किन कसैले शन्क्ति पाउन सकिरहेको छैन त ? किन अकाश गर्झे झै गर्झिरहेको छ ?? किन माया प्रेममा अविरल बगिरहने खोलिको दुई किनारा झै बगिरहनु परेको छ ?
आखिर जिउनु नै थियौ त किन अरुको भरमा जिउनु पर्ने बनायौ अनि फेरि किन अरुको मनमा दु:ख पिडा र वेदनाको भारि बिसाउदै जिउने कोषिस गर्यौ ? आफ्नो स्वार्थ मात्रा पुरा गर्नु थियौ त किन अरुलाई झुटा आशाहरु दिएर गयौ ? आखिर जानु नै थियौ त किन आन्जान र निर्दोष माथि धोखा दिएर गयौ ? धोखा दिनु थियौ त किन पवित्रा मायाको महिमा लाई मुछ्दै माया रुपि नाटक रच्यौ ? किन बाचा बन्धनमा बाँधिने कसम खायौ ? अनि किन मलाई एक चिम्टि सिन्दुर माग्यौ (एक चिम्टि सिन्दुर दियौ) ? अनि किन तिमि विना बाँच्ना सक्दिनौ भनि अनगिन्ति पत्रहरु लेख्यौ ? अनि आफ्नो स्वार्थहरुलाई म माथि बिसाउदै, स्वार्थहरु पुरागर्दै किन मलाई दोबाटो भै छोडि गयौ ? आखिर मेरो के गल्ति थियो र अनि ममा के कमि थियो र ? दुई हात गोडा नि अनि एक जोडा आँखा थिए मेरो अनि हिम जस्तै पवित्र मन थिए गंगाको जल जस्तो निर्मल कन्चन र चोखो माया दिएकै थिएँ तर आज किन निरमोहि मेरो पवित्र माया अनि आत्त्मालाई घाईते बनाउदै लत्त्यौ र एक सुस्थ सुन्या बगरमा ल्याई पुर्ययौ मलाई ? अनि तिर्खा र प्यास संग संघर्ष गर्न लगायौ ? हो संघर्ष त गर्नु पर्छ जिन्दगिमा संघर्ष संग डराउनु भनेको जिवन देखि हर मान्नु हो तर अर्थविहिन जिवन बहानमा किन मलाई बालुवा माथि तड्पायौ आखिर कस्को मैले के बिगारेको थिएँ र किन म माथि यस्थो अन्यया गर्यौ ?? कुन दिनको बदला लियौ तिमिले अनि कुन जनमको लागि ? बरु सिधै भनेको भए हुन्थ्यो अब म तिमिलाई माया गर्दिना मेरो स्वार्थ पुरा भो भनेर सकि नसकि स्वीक्रीति जनाउने कोषिस गर्ने थिएँ तर किन मौन रहयौ अनि छुरा प्रहर गर्यौ ? ठिकै छ विवास छु, बाध्या छु तिमिले दिएका पिडाहरु सहनालाई र तिमिले लत्त्याका बोझहरु उठाउनलाई। बरु अन्याया गर तर अत्त्याचार नगर यो तिम्रो माया प्रेम पिडितको आँसुको श्राप लाग्ल तिमिलाई । हुन त निरमोहि तिमिलाई कुनै दोष लगाउदिन, तिमि संग कुनै गुनासो पनि गर्दिन अनि तिमिलाई कुनै श्राप पनि दिन चाहन्न किनकि यो तिम्रो मिठो र झेलि खेल हो जब म सानो थिएँ, आबोध थिएँ आमाको काखमा बसेर रुन्थे तिमि पनि साथमा रुन्थ्यौ जब म अलिक ठूलो भएँ साथ दियौ, नौलो संसार देखायौ अनि त्यसैमा रम्ने बनायौ यहा सम्म कि रगतको नातालाई पनि भुल्न सक्ने सम्मा बनायौ । जस्को निम्ति मैले हरेक पल तड्पिरहें जस्को निम्ति हर चिज त्याग्न सक्ने भएँ आखिरमा म जस्लाई चहन्थे जस्को आभावमा म जिउनुको नाउमा कल्पना सम्म पनि गर्न नसक्ने भएँ त्यहि अवस्थामा तिमिले तिम्रो रगतको नाता, रागतको निर्णाया, लाई पहिल्याउदै हाम्रो माया लाई एक्ल्याएर तिमि पराई भयौ सदाको लागि ! आखिर किन म संग यति मिठो र झेलि खेल खेल्दै मेरो सर्वोत्त्सो लुट्यौ किन ? मलाई जोगि, प्रेम रोगि पागल बनायौ किन ? यस्तै तमासा हेर्नको लागि होला हैन ? हो तिमि यहि तमासा हेर्न को लागि भए मलाई किन पहिले सुन्दर सपनाको विशाल भारि बोकायौ जब तिम्रो यात्रा पुरा भयो तब मलाई बर्षे भेलले बगाएर ल्याएको काठको मुडा झै किन सुस्थ बगरमा पार लगायौ ? माझि बिनाको ढुङ्गा झै किनारामा छाडि गयौ किन निरमोहि ? ठिकै छ निरमोहि तिम्रो त जित भएको छ खुसियालि मनाउदै होलाऊ अथाहा मानव जमातमा प्याला पिउदै रमाई रहेको होलाऊ तर म त एक्लो छु नितान्त एक्लो छु सुस्थ बगरमा दुई थोपा आसु पिऊदै तिम्रो निर्देशनामा रहेकोको हाम्रो माया रुपि नाटाकिया झिलि खेलमा तिमि संगा बिताएका पलहरुमा के पाएँ अनि के गुमाएँ भनि जोड घटाउ, भाग गुना गर्दै हिसाब गर्दै छु जस्मा नतिजाको रुपमा तिमिलाई केहि छिन पाएछु अनि सदाको लागि गुमाएछु । सन्तुलन परिक्षण तर्फ जाँदा मन-मस्तिकस् हरु असन्तुलन भएछु, वासलात तर्फ जाँदा पूँजिको रुपमा सुस्थ बगरमा यो घाईते जिवन पाएको छु जो पहिले पनि पूँजिकै रुपमा थिए र अहिले पनि पूँजिकै रुपमा पाएँ बस मायालु यात्राको कमाई स्वरुप बस मायालु यात्राको कमाई स्वरुप ।
उहि तिमिबाट पिडित
अर्गेलो सञ्जय
आदरणिय पति ज्यू,
खै कुन शब्दले सम्बोध गरौ अनि के भनेर लेखौ ! यो कगज को टुक्रा झै जलिरहेको अनि सिमलको भुवा झै उडिरहेको यो मनको दु:ख, पिडा र वेदानहरु यि सिमित निर्जिव कागजको पानामा। बस भौतिक शरिर आराम कुशल रहेपनि यो मन मस्तिकस् हरु भने खुसि नरहेको वेहोरा जयार गर्दछु।
आज हाम्रो लामो प्रेम सम्बन्ध पछि प्रेम विवाहा भएको पनि एक दशक पुरा हुदै रहेछ यति लामो यात्रा कसरि पुरा भए कुनै पत्तो भएन। घर परिवार चलाउनको लागि आईपरेको विभित समस्याका करण २-४ पैसा कमाउन भनि घर-खेत साहुकोमा बन्धक राखेर परदेशिनु भएको पनि आज सातौ बर्षमा गुज्रिरहेको रहेछ । म हजुर को सुख दु:ख, परिस्थिति र वाध्याता लाई राम्रो सग बुझ्न सक्छु त्यसैले हजुरको परदेश यात्रा र हजुर को अनुपस्थितिमा हाम्रो मायाको निशान, प्राणको टुक्रा, हाम्रो आशा, हाम्रो चहाना, हाम्रो सपना, हाम्रो सहारा, प्यारो छोरोलाई काखमा लिदै पल-पल गरि दिन रात र महिनाहरु विताई रहें। बाबु पनि दिन दिनै बड्दै गए र साथमा हजुर परदेशिनु भएको समय पनि निकै बितिसकेछ। दिन भर त मेला-पात, लेक-बेँशि गर्द गर्दै बित्छ तर जब साँझ पर्छ खोले फाँटो पिउदै बाबु पनि निदाउ छ। बाबुकै चेहरा हेर्छु अनि सुत्ने जमर्को गर्छु मन एकोरिएर आऊछ, त्यसै त्यसै टोलिरहन्छ अनि मनमा अनेक कुरा हरु खेलि रहन्छ। त्यसै त्यसै रात छिपिदै जन्छ निद पर्ने कुनै छँट आऊदैन यसरिनै मिरमिरे प्रभातको आगमन हुन्छ। कयौं रात हरु यसरि नै बिते यता कोल्टो फर्किए उहि चिसो भित्तो उता कोल्टो फर्किए ओछ्यान त्यसै त्यसै रित्तो हुनाले यो एक्लो रातहरुमा हजुरको अभावको महशुस भैरहयो तर पनि यो मनलाई समल्दै बसि रहें। बेला त्यसै बितिरहे, जति समय बितै जन्छ यो मन त्यतिनै आतिन थालि रहयो अनि जाति रातहरु छिपिदै जान्छ त्यतिनै हजुरको आभावको पिडाहरु वेसरि खड्किन थालिरहयो। तर पनि हाम्रो गरिबिको करण हजुरलाई मुग्लान छोडेर गाउ-घर फर्किएर आऊन आग्रा गर्न पनि सकिएन किनकि म हजुरको त्यो जुन साहुको घरमा बन्धक रहेको घर-खेत छुटाउने र हाम्रो परिवारको लागि साँझ-बिहान खोले-फाँटोको निमित २-४ पैसा कमाउने चहानालाई तोड्न चहान्न थिएँ। सबै कुरा ठिकै थियो हजुरले हामिलाई साँझा बिहान को भोको पेटको लागि पनि आफ्नो कमाई पठाई रहनु हुन्थ्यो। तर के गर्नु भोको पेट र यो अँत भर्ने गरि खएर मात्रा हुदोरहेन छ। खै हजुरको अनुपस्थिति र आभवमा कति खेर हजुर कै मात्रा भनि प्रण गरि राखेको ति पवित्रा वास्तुहरु अरु कसै सग बाँड्न पुगेछु। एक छिन एक छिन गर्दा गर्दा दिनहरु बित्त्न थालेछ यसै गरि दिनहरु हुदा हुदा हरेक साथ साथ हुन थाले छ यसरि करिब ३-४ महिना साथम हुदा गाउ समाजमा हाम्रो चर्चा हुन थालेछ त्यसैले मैले एउटा निर्णाय लिएको छि हुन त यो ठिक छ या छैन मलाई थाह् छैन जे भएपनि हजुर यो कुरामा कुनै ताप चिन्ता नलिनु किनकि गल्ति मेरो हैन परिस्थितिको जस्तो लग्छ र बाकि रहयो जुन हजुर कै थियो त्यो पवित्रा वास्तुहरु त्यसलाई नै मैले हजुरको लागि सुरक्षित राख्न सकिन यो अरु कसैले उपभोग गरि सकेको हुदा म हजुरलाई अरुको जूठो गाँस खुवाउनु र हजुरको बाँकि रहेको इज्जत र प्रतिष्ठलाई ह्रास गराउन असमर्थ भएकोले यो पत्र लेखेकि हुँ सायत हजुरले यो पत्र पाउद नपाउदै म अरु कसैको भै सक्छु होला त्यसैले यो पत्र पाउदा त्यस्तो कुनै अनर्थ नसोच्नु र आफुलाई समाल्ने कोशिस गर्नु।
र अन्तम: छोरोलाई हजुर आमा सग छोडि दिने निर्णया गरेको छु किनकि हाम्रो छोरो अर्थात हजुरको छोरोले ७२ महिना पार गरि साकेकोले साथमा लिएर जान जरुर छैन जस्तो लग्छ र पनि छोरो त हजुरकै हो र हजुर कैहक लाग्छ हैन र? अरु घरको सम्बन्धमा हजुरलाई अवगतै होला ढोकामा ताल्चा नभएकोले ताल्चा लगाउने र साँचो छोड्न पर्ने जरुरता देखिएन । र यो पत्र पाउना साथ जति सक्दो चाँडो गाउ-घर फर्किएर छोरोको स्यार-सुसार र घर-बार समाल्ने कोसिस गर्नु भन्दै यो पत्र बाट ओझेल पर्दछु ।
उहि हजुरको खुसि !
ठिकै हो खुसिले आफ्नो वाध्याता र विवाशता लाई औंल्याईछे जब हाम्रो विवाहा हुदै थियो उनि १२-१३ को मात्रा थीई, अहिले २१-२२ हुदैछे, आहिले पो त उन्को विवाहा हुने उचित उमेर त ! यस्तो खाऊ-खाऊ लाऊ-लाऊ भन्ने बेलामा आफ्नो जिवन साथिको काख र न्यानो पनाबाट टाढा बस्नु पर्दा उन्ले आफुलाई समान्न नसक्नुमा उन्को कुनै दोष पनि देख्दिन र न मेरो नै छ बस गल्तित हाम्रो अधुरो भाग्याको जस्तो लग्छ। यो विरानो अरबको मरुभुमिमा ६० डिग्रिको तातो घाममा भेडा-बाख्रा चराउने गोठालो होस् या कुनै काम गर्ने पर्देशि होस् गाउघर बाट पठाएको पत्र पाउद कस्को मनम फुरुङ्ङ हुदैन र ? तर म उहि अभागि भेडा गोठालो लाई यो पत्र ले सुरुमा मनलाई केहि खुसिको तरङ्गहरु प्रशरण गरि दिए पनि यो पत्र को वास्तविकताले एक्लो नितान्त एक्लो बनाई दिएको छ। मझेरि बाट जूनेलि रातमा चन्द्रमा र औसिको रातमा ताराहरु छर्लङग देखिने त्यो घरको छानो टाल्ने र एक टालेको कछार (धोति) फेर्ने आशा सहित परदेशिएको मा तोकिएको काम नपाएपनि काम त पाईएको थियो भेडा बाख्रा चराउन तर तलब भत्ता राम्रो नभएकोले त्यो खरको छानो भएको झुपडिको छानो परिवार्तन र फाटिएको धोति फेर्ने चहान त पुरा भएन तर आजा आफ्नो जिवन साथि बाट पनि टाढा भएर बस्नु !
The last comments on this page:
Comment posted by Chatur Gurung( chaturgurung ymail.com ), 09/18/2011, 5:01 am: hhhhh |
Comment posted by jagadish( tumbin_jsl ), 11/06/2008, 2:10 pm: hi mama ji sanchai chha
|
Comment posted by Sanjaya( sdimdung yahoo.com ), 09/11/2008, 11:53 am: hi its goooooood |
Comment posted by ankit( ankitpaudel26 yahoo.com ), 08/31/2008, 1:31 am: hi how r u |
Comment posted by keshav(jasper)( jasper.ylung5 gmail.com ), 04/26/2008, 11:20 am: happy new year 2065
|
Comment posted by मिलन शर्मा ( milangulmeli yahoo.com ), 03/04/2008, 11:47 am: दाजु नमस्कार ।के छ खबर dubai को अनि काम कस्तो चल्दै छ त नि ल दाई राम्रो सँग काम गर्नु है त अनि सम्झदै गर्नु दुखी भाई लाई ओके ब्रो
बाई बाई टेक केअर |
Comment posted by Nira Dimdung( nimanira hotmail.com ), 01/09/2008, 5:26 pm: Sanjaya,Happy New Year 2008 timro pragati ko kamana gardachu.Sadai vari khusi rahanu hai.;) |
Comment posted by Milan Bhai( milangulmeli yahoo.com ), 11/25/2007, 8:16 pm: Hi Bro Namaskar
ke chha bro tapai kahaa ho yar tapai ko maya derai laako chha daju aba hamro bheta kahile hunchha ta . dai online aako time mail garnu la .
your milan bhai
Qatar
|
Comment posted by som( somgurung2001 ), 09/30/2007, 2:33 pm: Thanks for ur web |
Comment posted by NIRA GRG( teenagrg_2003 yahoo.com ), 07/18/2007, 8:28 am: HI BRO,HOW R U.MISS U MUCH BYE BYE:( |
| Add comment to this page:
|
|
|
|
|
|
|
|
|
|
|
|
 |
|
|
|
|
|
|
|
| |
नाम : अर्गेलो सन्जय
जन्म मिति: ग्यालेन्डर बिनाको
सम्पर्क ठेगाना:पोल्सौरा-३ नुवाकोट बागमति नेपाल E-mail: sdimdung@hotmail.com
Presant Address:
AS Dimdung P.O.Box: 9714 Ras Al Khaima, U.A.E.
E-mail: sdimdung@hotmail.com
If u want to know about Mr. Samal Dimdung then click the photo which given below.

|
|
|
|
|
|
|
|
|
|
| |
If u want to know about Mr. Tej Raj Khanal then click the photo which given below.

|
|
|
|
|
|
|
|
|
Today, there have been 1 visits (1 hits) on this page! |